गोरखा, ३ जेठ । गोरखाको गण्डकी गाउँपालिका वडा नं ६ मा माओवादी केन्द्रको प्यानलै विजयी भएको छ ।
माओवादी केन्द्रका उम्मदेवार तुल बहादुर गुरुङ १ हजार १ सय ५८ मतका साथ विजयी हुनु भएको हो ।
उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार मोहन पुलामीले ५ सय ९४ मत प्राप्त गर्नु भयो।
बाँकी चारै जना वडा सदस्य पनि माओवादी केन्द्रका उम्मेदवारनै विजयी भएका छन् ।