गोरखा, २ जेठ । गोरखाको सिरानचोक गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार जगदिशस्वर ढकाल प्यानलसहित विजयी हुनु भएको छ ।
कांग्रेसका उम्मेदवार ढकालले ९ सय ६५ मत ल्याएर वडा अध्यक्षमा बिजयी हुनु भएको हो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार ईश्वरी प्रसाद ढकालले ५ सय ७८ मत प्राप्त गर्नु भयो ।
सो वडामा बाँकी ४ जना सदस्य पनि कांग्रेसबाट नै निर्वाचित भएका छन् ।