Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा बारपाक मोटरसाइकल र् यालीमा सन्तोष श्रेष्ठले जिते १ लाख


3.3K
Shares

गोरखा बारपाक मोटरसाइकल  र् यालीमा सन्तोष श्रेष्ठले जिते १ लाख

गोरखा । गोरखा सदरमुकामदेखि बारपाकसम्म गरिएको मोटरसाईकल ¥यालीमा सन्तोष श्रेष्ठले १ लाख नगद जितेका छन् । मोटर्साइकल र् यालीमा सहभागी मध्येबाट गोलाप्रथा गरी प्रथम हुने सन्तोष श्रेष्ठले १ लाख नगद जितेका हुन् ।

त्यस्तै गोला प्रथाबाट दितिय हुने प्रविन श्रेष्ठलाई ७५ हजार र तृतीय हुने आशकुमार श्रेष्ठलाई ५० हजार पुरस्कार सहित १० जनालाई हेलमेट र पाँच जनालाई उपहार दिईएको आयोजकले जनाएको छ ।

शनिबार गोरखा सदरमुकामको ठूलो आगनदेखि सुरु भएको ¥याली बारपाक पुगेर आईतबार सदरमुकामको रानीपोखरीमा समापन भएको हो । यात्रा गोरखा सदरमुकाम देखि घ्याम्पेशाल, देउराली, सीतागुफा, राङरुङ हुँदै बारपाक पुगेको सो ¥याली बारपाकबाट भालुस्वाँरा छेपेटार हुदै सदरमुकामको रानीपोखरी परिसरमा समापन कार्यक्रममा परिणत भएको थियो ।

५० वटा मोटरसाईकमा सवार एकसय जना ¥यालीका सहभागीले गोरखा बारपाकको करिब करिब ५४ किलोमिटर यात्रा गरेका थिए ।

¥यालीमा गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक गाउँपालिका लगायतले आर्थिक सहयोग गरेका थिए ।र् यालीमा काठमाण्डौँ, पोखरा, चितवन लगायत बिभिन्न ठाउँबाट युवाहरुले सहभागीता जनाएका थिए ।

समापन कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम गोरखा युथ क्लवका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology