Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

एमालेको विजय जुलुसमा प्रयोग भएको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु


3.4K
Shares

एमालेको विजय जुलुसमा प्रयोग भएको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं, २ जेठ । दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताउनु भयो ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन ।

हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology