गोरखा, २ जेठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र बिजयी भएको छ ।
माओवादी केन्दको तर्फबाट अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी हुनु भएको छ । भट्टले ५ हजार ७ सय १९ मत ल्याएर पालिका अध्यक्षमा पुन निर्वाचित हुनु भएको हो ।
उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका जीत बहादुर घलेलाई ८ सय ५५ मतले पराजित गर्नु भएको छ । कांग्रेसका घलेले ४ हजार ८ सय ६४ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै तर्फबाट सनमाया गुरुङ निर्वाचित हुनु भएको छ । उहाँले ५ हजार ७ सय ६५ मत प्राप्त गर्नु भएको छ ।
उहँका प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार लेख माया रानाले ४ हजार ५ सय ७५ मत प्राप्त गर्नु भएको छ । गुरुङ पनि दोस्रो कार्यकालयका लागि पुनः उपाध्यक्षमा निर्वाचित हुनु भएको हो ।
।