गोरखा, २ जेठ। गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । कांग्रेसका तर्फबाट अध्यक्षमा राजु गुरुङ र उपाध्यक्षमा कल्पना नेपाली निर्वाचित हुनु भएको हो ।
गुरुङले ५ हजार ५५६ मत ल्याएर पालिका अध्यक्षमा बिजयी हुनु भएको हो। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण बहादुर नेपालीले ४ हजार ८३३ मत ल्याउनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा निर्वाचित कांग्रेसकी नेपालीले ५ हजार ६३१ प्राप्त गरेर बिजयी हाँसील गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेकी उम्मेदवार सिता दाहालले ३ हजार ८१६ मत प्राप्त गर्नु भएको छ ।