गोरखा, १ जेठ । गोरखाको धार्चे गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका उम्मेदवार शेर बहादुर गुरुङ विजयी हुनु भएको छ ।
एमालेका उम्मेदवार गुरुङले तीन सय ८७ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँका प्रतिद्धन्दी नेकपा माओवादीका उम्मेदवार रातमान गुरुङले तीन सय ७७ मत प्राप्त गर्नु भएको छ । गरेका थिए ।
अन्य बाँकी चार जना वडा सदस्यमा माओवादी केन्द्रबाट बिजयी बनेका छन् ।