गोरखा, १ जेष्ठ । गोरखाको आरुघाट गाउँपालिका वडा नं ४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।
एमालेबाट वडाध्यक्षको उम्मेदवार रहेका धनेन्द्र धमला ७ सय २१ मतसहित विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका इन्द्रबहादुर धमलाले ५ सय १७ मत प्राप्त गर्नुभएको छ ।
वडामा सदस्य पदमा पनि चारै जना एमालेका उम्मेदवार नै विजयी भएका छन् ।