गोरखा, १ जेष्ठ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर गुरुङ बिजयी हुनु भएको छ ।
गुरुङले ६३३ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बिशाल गुरुङले भने ६२० मत प्राप्त गर्नु भएको छ ।
वडा सदस्य भने चारै जना कांग्रेसबाट निर्वाचित भएका छन् ।