Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

मतदातालाई बाँड्दै गरेको रक्सी प्रहरीद्धारा बरामद


3.5K
Shares

मतदातालाई बाँड्दै गरेको रक्सी प्रहरीद्धारा बरामद

काठमाडौं, २८ वैशाख । मतदातालाई बाँड्दै गरेको अवस्थामा प्रहरीले कपिलवस्तु नगरपालिका–३ सानो बर्गदहवाबाट रक्सी बरामद गरेको छ । बुधवार लु १ ज २४१० नम्बरको भ्यानमा राखिएको रक्सी स्थानीयलाई बाँड्न लागेको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले बाँड्न लागेको रक्सी सहितको भ्यान र मानिसलाई नियन्त्रणमा लिएको हो । १२ कार्टुन (२६० बोतल) रक्सीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी जेसी शाहले बताउनु भयो ।

निवर्तमान वडाअध्यक्ष तथा क्रिकेट एसोसिएसन कपिलवस्तुका अध्यक्ष समेत रहेका वडा नम्बर ३ का उम्मेदवार प्रकाश गैरेमाथि रक्सी बाँड्न लगाएको आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology