काठमाडौं, २८ वैशाख । लेक लागेर उपल्लो डोल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिनु भयो । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा लेक लागेर विकको मृत्यु भएको अधिकारीले बताउनु भयो।
मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।