Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा काँग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ


9.6K
Shares

गोरखामा काँग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ

गोरखा, २८ वैशाख । गोरखामा कांग्रेसका कार्यकर्ता हतियारसहित पक्राउ परेका छन् ।

गण्डकी गाउँपालिकाको तोमनडाडाँमा  बुधबार बिहान करिब ११ बजे सर्वदलीय बैठक बसिरहेको समयमा काँग्रेसका कार्यकर्ता मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका गुरुङको झोलाबाट खुकुरी फेला परेको हो । गुरुङलाई खुकुरीसहित नियन्त्रणमा लिएको उहाँले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology