गोरखा, २७ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनका लागी नेकपा एमाले र जनता समाजवादी पार्टी बीच चुनावी तलमेल भएको छ ।
नगरपालिकाको मेयर पदमा जसपाका उम्मेद्वारलाई र उपमेयर पदमा एमालेका उम्मेद्वारलाई सघाउने गरी दुई पार्टी बीच सहमती भएको हो । दुवै पार्टीले आज संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गरेर वडाको हकमा भने ४ र ५ मा जसपालाई सहयोग गर्ने र ६,७ र १० मा एमालेलाई सघाउने सहमती भएको जनाएको छ ।
यस्तै अन्य वडाको हकमा भने एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ र जसपाका जिल्ल अध्यक्ष यान प्रसाद भट्टले एक आपसमा सहमती गरेर निर्वाचनमा जाने निर्णय गर्नु भएको छ ।
