काठमाडौं, २७ वैशाख । दाङमा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका लवरु चौधरीको गएराति मृत्यु भएको हो । ५३ बर्षीय चौधरीमा मिर्गौला, कलेजोको समस्या रहेको बताएको छ ।
चुनाब प्रचारकै क्रममा विरामी परेपछि उहाँलाई उपचारका लागि २ पटक नेपालगञ्ज स्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उहाँको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताउनु भयो । चौधरीले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।