पोखरा । प्रधानमन्त्री केपी ओलीलाई कालो झन्डा देखाउन खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्रीलाई कालोझन्डा देखाउन तयारी अवस्थामा रहेका उनीहरुलाई पोखरा एयरपोर्ट नजिकबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुमा समाजवादी पार्टी निकट विद्यार्थी नेत्र चापागाईं सहित ४ जना र २ जना नेविसंघ समर्थित रहेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री ओली कार्यकर्ता प्रशिक्षणका लागि पोखरा आउनु भएको हो ।