Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

गोरखाको चेपेखोला जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब लगानी गर्ने


4.9K
Shares

गोरखाको चेपेखोला जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्ब लगानी गर्ने

गोरखा । चेपे खोला साना जलविद्युत आयोजनामा एनएमबि बैंकले लगानी गर्ने भएको छ । बैंकले आशुतोष इनर्जीद्वारा प्रवर्द्िवत लम्जुङ्गको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकामा स्थित ८.६३ मेगावाटको उक्त आयोजनामा लगानी गर्ने भएको हो ।

उक्त आयोजनाको कुल लागत १ अर्ब ५० पचास करोड रुपयाँ रहेकोमा बैकले एक अर्ब बाह्र करोड पचास लाख लगानी गर्ने भएको हो । यससँगै एनएमबि बैंकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।

आयोजनाले व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ । उक्त विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग स्थित किर्तिपुर सब स्टेशनमा जोडिने छ ।

साभार : बिजपाटीडटकम

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology