गोरखा, २५ वैशााख । आसन्न स्थानीय तह निर्वाचनको दिन वैशाख ३० गते जिल्ला भित्र सवारी साधन चलाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सुचना जारी गर्दै वैशाख ३० गते स्थानीयत तहको निर्वाचनका दिन अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने निर्णय गरेको हो ।
त्यस दिन एम्बुलेन्स, खानेपानीको ट्रयाक्टर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवाका साधन भने संचालन गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।
‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९’ बमोजिम अध्यावश्यक बाहेकका सवारी साधन बेलुका ६ः०० बजे सम्म सञ्चालनमा पूर्ण रोक लगाएको प्रमुख जिल्ला अधिकारी शकरहरि आचार्यद्धारा हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना:
