काठमाडौं, २५ वैशाख । साताको पहिलो दिन आज सुनको मूल्य ६ सय रुपैयाँको दरले बढेको छ।
आइतबार सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ र चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार गता साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला कारोबार भएको थियो। यस्तै चाँदीको मूल्य पनि शुक्रबारको तुलनामा ५ रूपैयाँ बढेर चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८० रूपैयाँमा कारोबार भएको थियो।