गोरखा, २३ वैशाख । आसन्न स्थानीय तह निर्वाचनमा गोरखा नगरपालिकामा नेकपा एकिकृत समाजवादीले दुवै पदको उम्मेदवारी स्थगन गरेर नेपाली कांग्रेसलाई सघाउने भएको छ । नेकपा एसले प्रमुख, उपप्रमुखमा आफ्नो उम्मेदवारी स्थगनको निर्णय गरेर कांग्रेसलाई सघाउने सहमति गरेको हो ।
दुवै दलले नगरको तालमेललाई १४ वटै वडा तहमा समेत प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन लगाउने सहमती गरेका छन् । एकिकृत समाजवादीबाट नगरप्रमुख सानुमाया बस्नेत, उपप्रमुख यादब बस्नेतको उम्मेदवारी स्थगन भएको सहमती पत्रमा उल्लेख छ ।
नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकरलाई सघाउने गरी एकिकृत समाजवादीले सहमती गरेको हो ।
