Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

उत्तरी गोरखाको चुमनुब्रीमा हेलिकप्टर चार्टर गरी पुर्‍यायो वृद्धभत्ता


3.8K
Shares

उत्तरी गोरखाको चुमनुब्रीमा हेलिकप्टर चार्टर गरी पुर्‍यायो वृद्धभत्ता

गोरखा, २३ वैशाख । सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा कुमारी बैंक लिमिटेडले हेलिकप्टर चार्टर गरी सामाजिक सुरक्षाभत्ता तथा वृद्धभत्ता पु¥याएको छ ।

बैंकले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पु¥याउने अभिप्रायले हेलिकोप्टर मार्फत वृद्ध भत्ता पु¥याएको हो । बैंकले काठमाडौंदेखि चुमनुब्रीसम्म हेलिकप्टर चार्टर गरी वृद्धभत्ता पु¥याएको जनाएको छ ।

सडकको पहुँच नपुगेको चुमनुब्रीमा ७० वर्षभन्दा माथिका वृद्ध–वृद्धाहरुले आफ्नो वृद्धभत्ता तथा सामाजिक सुरक्षाभत्ता लिनका लागि चारदेखि पाँच दिनको बाटो हिड्नुपर्ने अबस्था थियो ।

वैकका समन्वय विभागको प्रमुख रोहित सिंहको नेतृत्वमा तीन जनाको टोलीले सामाजिक सुरक्षा भत्ता वितरणको लागि नगद पु¥याउने कार्य गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology