Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काठमाडौँमा छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु


1.9K
Shares

काठमाडौँमा छुट्टाछुट्टै दुर्घटनामा परि ३ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ उपत्यकामा भएका सवारीसाधन दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । ललितपुर र भक्तपुरमा भएका दुई छुट्टाछुट्दै सवारीसाधन दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ४ करिब बजे ललितपुरको बालकुमारीमा बा ३८ प ८३५७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मोटरसाइकल सडकको रेलिङमा ठोक्किँदा लाजिम्पाटका दिवस किशोर भट्टराई र मोटरसाइकलको पछाडी बसेकी ललिता राईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भट्टराई र राईको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्युभएको ट्राफिक प्रहरीले जनाएको छ । गएराति भक्तपुरको च्यामासिंहमा बा ३ क ३५८८ नम्बरको ट्रकको ठक्करबाट ११ वर्षीय एक बालकको मृत्य भएको छ ।

पैदल हिँडिरहेको बेल ट्रकले ठक्कर दिँदा बालक तिलक मकाजुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology