Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

खुकुरी प्रहार गरी बुवाआमाको हत्या, छोरा पक्राउ


3.2K
Shares

खुकुरी प्रहार गरी बुवाआमाको हत्या, छोरा पक्राउ

काठमाडौं, २३ वैशाख । बुवाआमाको हत्या गरेको अभियोगमा छोरालाई पक्राउ परेको छ ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ गोटी थाङ्गा बस्ने २५ वर्षीय आइतराज लिम्बुलाई खुकुरीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

उनले ७० वर्षीय बुवा बीर्ख बहादुर लिम्बु र ७२ वर्षीया आमा थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीमाथि प्रहरी चौकी लेलेपबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तप्लेजुङले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology