Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हुन् : रामचन्द्र पौडेल


3.2K
Shares

कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली हुन् : रामचन्द्र पौडेल

भरतपुर, २२ वैशाख। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुको प्रतिस्पर्धी प्रचण्ड नभई केपी शर्मा ओली भएको बताएका छन् ।

चितवनमा सत्तागठबन्धनले आज गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यसतो बताएका हुन्।

‘कांग्रेसको प्रतिपर्स्धी माओवादी होइन। एमाले हो,’ उहाँले भन्नु भयो, ‘माओवादी प्रतिस्पर्धी नभएकोले ऊसँग सहकार्य आवश्यक छ।’

उहाँले ओलीले दुईपटक प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । ओलीले प्रतिनिधि सभा विघटन गर्दा आफूले २०१७ साल पुष १ गते सम्झिएको पौडेलको भनाई छ।

गठबन्धन नभएको भए केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म कांग्रेसले बनाउन नसक्ने पनि उहाँले बताउनु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology