Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि ‘मोबाइल एप’


2.4K
Shares

कक्षा ११ को प्रवेश परीक्षा तयारीका लागि ‘मोबाइल एप’

काठमाडौं, २१ वैशाख । टेक्नेका टेक्नोलोजिज प्रा.लि. ले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि “टुल नेपाल” नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याएको छ ।

निशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’ मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए. आदि) अन्तर्गतका विभिन्न विषयहरूमा १० हजार भन्दाबढी वस्तुगत बहुबैकल्पिक प्रश्नहरु (एम.सि.क्यु.) को अभ्यास गरी तयारी गर्न सक्नेछन् ।

प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएको हुनाले विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुने कम्पनीले विश्वास लिएको छ । पुराना वर्षहरूका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिक रुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरूका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरूले यो ‘एप’ लाई अझ प्रभावकारी बनाएको छ । कलेजहरुले चाहेको खण्डमा यसै ‘एप’ मार्फत प्रवेश परिक्षा सञ्चालन र विभिन्न सुचनाहरु प्रकाशित गर्न समेत सक्ने सुविधा यसैमा मिलाइएकाले यो बहुउपयोगी भएको छ ।

विद्यार्थीहरुले यो ‘एप’ का माध्यमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षीत रुपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वास गर्न सकिन्छ । लामो अनुसन्धान एवं अथक युवा प्रयासबाट सञ्चालनमा आएको यो उपयोगी ‘मोबाइल एप’ ‘एन्ड्रोइड’,‘आइओएस’ र ‘वेव भर्जन’ मा उपलव्ध रहेको र छिुट्टै मा पनि उपलब्ध हुने यस कम्पनीका सञ्चालक प्रवेग शर्माले जानाकारी दिनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology