Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

महासचिव विप्लवलाई पार्टीबाट निस्कासन गर्ने बास्तोला—वली पक्षको निर्णय


2.2K
Shares

महासचिव विप्लवलाई पार्टीबाट निस्कासन गर्ने बास्तोला—वली पक्षको निर्णय

काठमाडौं, २१ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरूले महासचिव विप्लवलाई नै पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका छन्। केही दिनअघि विप्लव नेतृत्वको नेकपाले पार्टीका नेताहरू धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टी जिम्मेवारीबाट हटाएको थियो।

उक्त कदमविरूद्ध आज चितवनमा भेला गर्दै बास्तोला र वली पक्षले महासचिव विप्लवलाई नै पार्टीबाट हटाएका छन्। यस्तै प्रवक्तासमेत रहेका खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई पनि जिमेवारीबाट हटाइएको एक नेताले बताएका छन्।

साथै आज चितवनको भेलाबाट पार्टी पुनर्गठन गर्ने तयारी उहाँहरूको छ। यो पार्टीभित्र पछिल्लो समय स्थानीय चुनाव उपयोग गर्ने वा नगर्ने भन्नेमा नेताहरूका मत बाझिएका थिए। विप्लवनिकट केहीले स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएपछि बिबाद भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology