Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुङटार नगरपालिकामा मेयर जसपालाई नछाड्ने कांग्रेस गोरखाको निर्णय (पत्रसहित)


4.1K
Shares

पालुङटार नगरपालिकामा मेयर जसपालाई नछाड्ने कांग्रेस गोरखाको निर्णय (पत्रसहित)

गोरखा, २१ वैशाख । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच तालमेल नहुने भएको छ ।

केन्द्रको सहमतिअनुसार जनता समाजवादी पार्टीसँग चुनावी तालमेल हुन नसकेपछि कांग्रेसले अरू दलसँग मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो। आज कांग्रेस गोरखा सभापति नन्दप्रसाद न्यौपानेले पालुङटार कांग्रेसलाई पत्राचार गर्दै एकल रूपमा चुनावमा जान निर्देशन दिएका छन्।

सभापति न्यौपानेले पालुङटारमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका मेयर, उपमेयरलगायत सबै वडाका उम्मेदवारहरूलाई निर्वाचित गराउने गरी चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिनु भएको छ ।

केन्द्रबाट कांग्रेस र जसपालाई गोरखाका दुई नगरपालिकामा गठबन्धन गर्न आग्रह गरिएको थियो। गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा उम्मेदवारी दर्तापछि पनि गठबन्धनका प्रयास भएका थिए।

‘पालुङटार र गोरखा नगरपालिकामा कांग्रेस र जसपाबीच चुनावी तालमेल गर्ने सम्बन्धमा दुबै दलको केन्द्रबाट प्राप्त निर्देशन बमोजिम जिल्लामा बैठक बसेर वडा तहसम्मको तालमेल गरी संयुक्त प्यानल बनाई निर्वाचनमा जाने विषयमा प्रयास गर्दा दुबै दलका नेता÷कार्यकर्ताले एकल रूपमा चुनावमा जाने भनेपछि तालमेल सम्भव भएन,’ पत्रमा उल्लेख छ।

कांग्रेससँग चुनावी तालमेल गर्न जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले दबाब दिएका थिए। पालुङटार भट्टराईको गृहनगर हो। उहाँले सत्तागठबन्धन बैठकमा पालुङटारको मेयर जसपाले पाउनुपर्ने अडान राख्नु भएको थियो।

यसबीचमा नेकपा माओवादी केन्द्र र जसपाबीच चुनावी तालमेल भएको पत्र बाहिरिएको थियो। गत वैशाख १७ मा जसपाले गोरखा नगरपालिकामा माओवादीसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो।

उक्त सहमतिअनुसार माओवादीका कृष्ण रानालाई मेयर छाड्ने र उपमेयरमा जसपाका नारायण खत्री हुने उल्लेख छ। यस्तै वडाहरूमा पनि मित्रवत प्रतिस्पर्धा गर्ने सहमति दुई दलबीच भएको थियो।

यो सहमति भएको पत्र बाहिरिएपछि जसपा केन्द्रबाट जसपा गोरखालाई पत्र पठाएर कांग्रेससँग तालमेल गर्न निर्देशन दिइएको थियो।

वैशाख १९ मा जसपा वरिष्ठ नेता अशोककुमार राईले जसपा गोरखालाई पठाएको पत्रमा पालुङटार मेयरमा जसपालाई कांग्रेसले सहयोग गर्ने भएकोले गोरखा नगरपालिका मेयरमा कांग्रेसलाई सघाउन निर्देशन दिइएको थियो।

हेर्नुहोस् कांग्रेसको विज्ञप्ति:

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology