काठमाडौं १९, वैशाख । निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएको छ।
सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइए कारबाही गर्ने चेतावनी दिएका हुन्।
आचार संहिता विपरीत यस्ता कामहरू भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गर्दै नियमअनुसार एक लाख सम्म जरिवाना वा उम्मेदवारी समेत रद्द गर्ने भनेको हो।
‘कुनै उम्मेदवारले आचार संहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्ने प्रावधानको सरोकारवालाहरूलाई स्मरण गराइन्छ,’ शर्माले भन्न भयो।