Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बाघको आक्रमणबाट खैरहनीमा एक जनाको मृत्यु


4.5K
Shares

बाघको आक्रमणबाट खैरहनीमा एक जनाको मृत्यु

चितवन, १८ वैशाख । चितवनको खैरहनीमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आज विहान ८ बजे घाँस काट्न गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बाघले आक्रमण गरेको सूचना आएलगत्तै प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेनासमेतको टोलीले हात्तीसहित दाहालको खोजी गर्दा आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटिएको थियो ।

घाँटीमा चोट लागेको र दाहिने खुट्टाको तिघ्राको भाग खाएको अवस्थामा दाहालको शव भेटिएको थियो । दाहालको शवलाई मुचुल्का उठाएर भरतपुर अस्पताल पठाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology