Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रधानमन्त्री ओली बिरुद्ध अख्तियारमा उजुरी


3.1K
Shares

प्रधानमन्त्री ओली बिरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ ११, फागुन ।  प्रधानमन्त्री केपी शर्मा ‌विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँके नेपालगञ्जका ६७ वर्षीय प्रेमबहादुर शाही र मकवानपुर हेटौंडा ११ नवलपुरका ६४ वर्षीय आनन्दराम पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, भु–उपग्रह खरिद, नेपाल टेलिकमको फोरजी सेवा विस्तार, कम्प्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता भएको भन्दै प्रधानमन्त्रीसहित चार जनालाई आइतबार अख्तियारमा उजुरी दिएका हुन् ।

प्रधानमन्त्री ओली संगै निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वसञ्चार सचिव महेन्द्र गुरूङ र नेपाल सेक्युरिटी प्रेस काउन्सिलका प्रमुख विकल पौडेल बिरुद्ध उजुरी परेको अख्तियार स्रोतले जनाएको छ । प्रधानी सहित ४ जना बिरुद्ध परेको उजुरी अख्तियारले दर्ता गरिसकेको छ। सार्वजनिक अडिओमा बाँस्कोटाले ७४ करोड कमिसन डिल गरेको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology