Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आगामी ३ दिन देशका विभिन्न ठाउँमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह


3K
Shares

आगामी ३ दिन देशका विभिन्न ठाउँमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १६ वैशाख । जल तथा मौसम विज्ञान विभागले देशका पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ्सहित वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले आगामी ३ दिनको मौसमको पूर्वानुमान गर्दै आइतबार रातिसम्म नै देशका विभिन्न ठाउँमा मध्यमदेखि हल्का वर्षा हुने जनाएको छ ।

प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागमा अबको २४ घन्टामा वर्षा हुने विभागले जनाएको छ ।

अहिले देशका पहाडी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेकोले आंशिकदेखि सामान्य बदली भएको विभागले स्पष्ट पारेको छ ।

हेर्नुहोस् विभागको सूचना :

 

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology