Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस गोरखाको निर्देशन


5.4K
Shares

बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस गोरखाको निर्देशन

गोरखा, १४ वैशाख । नेपाली कांग्रेस गोरखाले बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन गरेको छ । यही १६ गते भित्र अनिवार्य रुपमा उम्मेदवारी फिर्ता गरी पार्टीको निर्णय विपरीत कदम नचाल्न बागी उम्मेदवारहरुलाई निर्देशन गरेको हो ।

जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले आज एक प्रेस विज्ञप्ति जारी गरेर उम्मेदवारहरुले तत्काल उम्मेदवारी फिर्ता नलिए पार्टीको निर्वाचन निर्देशिका अनुसार कार्बाही गरीने बताउनु भयो ।

साथै पार्टीको उम्मेदवारी विरुद्धमा लाग्ने आधिकारी उम्मेदवारलाई सहयोग नगरी बागी उम्मेदवार तथा विपक्ष दलका उम्मेदवारहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्ने गराउने सबैलाई बागी उम्मेदवार सरहकै गल्ती मानी कडा कारबाही हुने विज्ञप्तिमा उल्लेख छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology