काठमाडौं, १३ वैशाख । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताएका छन् ।
सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उहाँले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताएका छन् ।
कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएको तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको मंगलबार संवाद डबलीमा आयोजित कार्यक्रममा उहाँले जानकारी दिनु भएको छ ।