Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका ११ वटै स्थानीय तहमा जसपाले गरायो उम्मेदवारी दर्ता


4.6K
Shares

गोरखाका ११ वटै स्थानीय तहमा जसपाले गरायो उम्मेदवारी दर्ता

गोरखा, १२ वैशाख । गोरखाका ११ वटै स्थानीय तहमा जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार जसपाले ११ वटै पालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमा पार्टीले गोरखा नगरपालिकामा मेयर सञ्जु भट्ट नेपाली, उपमेयर नारायण खत्रीलाई उम्मेदवार बनाएको छ । त्यस्तै पालुङटार नगरपालिकाको मेयरमा प्रेम बहादुर गुरुङ, उपमेयरमा नारायणी अधिकारी, भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा मिलन न्यौपाने, उपाध्यक्षमा रोहित पाण्डे उम्मेदवार बनेको जसपा गोरखाका अध्यक्ष यान प्रसाद भट्टले जानकारी दिनु ।

त्यस्तै बारपाक सुलिकोट गाउँपालिकामा भने अध्यक्ष पदमा मात्रै उम्मेदवारी दिइएको उनले बताए । जसमा अध्यक्षमा जीवन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी अजिरकोट गाउँपालिकाको अध्यक्षमा मिरा धिताल, उपाध्यक्षमा मन बहादुर तामाङ, आरुघाट गाउँपालिकामा अध्यक्ष राजेन्द्र पराजुली, उपाध्यक्ष तृष्णा बराम रहेको जसपा गोरखाले जानकारी दिएको छ ।

त्यस्तै धार्चे गाउँपालिकाको अध्यक्षमा बिस बहादुर गुरुङ, उपाध्यक्ष सविता गुरुङ, चुमनुव्री गाउँपालिकाको अध्यक्षमा गणेश कार्की र उपाध्यक्ष पासाङ छुदेन लामा, शहिद लखन गाउँपालिकाको अध्यक्षमा कल्पना थापा, उपाध्यक्ष मनोज श्रेष्ठले उम्मेदवारी दर्ता गराएको भट्टले बताउनु भयो ।

त्यस्तै गण्डकी गाउँपालिकाको अध्यक्षमा सानुमाया आले, उपाध्यक्षमा भीम श्रेष्ठ उम्मेदवार बनेका छन् भने सिरचनाचोक गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर गुरुङ र उपाध्यक्ष शोभा विकले मनोनयन दर्ता गराएको बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology