गोरखा, १२ वैशाख । नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् ।
पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका हुन् । यस्तै भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा ९अक्कल०, उपाध्यक्षमा जुनु श्रेष्ठ, अजिरकोट गाउँपालिका अध्यक्षमा दिपक देवकोटा, उपाध्यक्षमा अनिता भुजेल, धार्चे गाउँपालिका अध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्षमा सुनिला गुरुङले उम्मेदवारी दिएका छन् ।
यसैगरी बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी सबै दोरीएका हुन् । गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्षमा पार्वती गुरुङ, आरुघाट गाउँपालिकामा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।