Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाट पुन: पन्त उम्मेदवार


3.4K
Shares

गोरखा नगरपालिकाको मेयरमा कांग्रेसबाट पुन: पन्त उम्मेदवार

गोरखा, १२ वैशाख । गोरखा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले पुन: राजनराज पन्तलाई उम्मेदवार बनाएको छ । मेयर पन्तले आजै पदबाट राजिनामा दिएर दोस्रो कार्यकालकालागि उम्मेदवार बनेका हुन् ।

यस अघि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । पार्टीले सक्षम उम्मेदवार चयन नगरेको भन्दै युवा कार्यकर्ताले प्रदेश समितिको निर्णयको बिरोध गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए । आक्रोशित युवाहरुले आज दिउँसो मेयरको टिकट पाएका भनिएका श्रेष्ठमाथी हतापात समेत गरेका थिए ।

मेयरको टिकट श्रेष्ठलाई दिएको खबर पछि विवाद चर्किएकोले प्रहरीले गोरखा बजार क्षेत्रको सुरक्षा कडा बनाएको छ । १४ वटा वडा रहेको गोरखामा कुनै पनि वडाअध्यक्ष र सदस्यहरुले दिउँसो ४ बजे सम्म उम्मेदवारी दर्ता गराएनन् । अन्ततः जिल्ला समितिको अनुरोधमा केन्द्रिय समितिले मेयरमा राजनराज पन्तलाई टिकट पठाएपछि उहाँहरुले उम्मेदवारी दिने तयारी गरेका छन् ।

उप मेयरमा भने मसलीमाया थोकर (सपना पुन) ले उम्मेदवारी दिएको कांग्रेस गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology