Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा


2.6K
Shares

हिमाल सफा गर्न सेनाको टोली आधार शिविरमा

काठमाडौं, १२ वैशाख । नेपाली सेनाले नेतृत्व गरेको ‘सफा हिमाल अभियान– २०२२’ को टोलीहरू चारवटा हिमालका आधार शिविरमा पुगेका छन् ।

यस अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालको सफाइ गर्ने तयारी छ । सगरमाथा र ल्होत्सेमा खटिएको टोली १ वैशाख, कञ्चनजङ्घामा खटिएको टोली ८ वैशाख र मनास्लुमा खटिएको टोली ९ वैशाखमा आधार शिविर पुगेका नेपाली सेनाले जनाएको छ ।

‘बेस क्याम्प पुगे पश्चात उक्त टोलीले फोहोर संकलन गर्ने कार्य सुरु गरेका छन्’ जंगीअड्डा जनसम्पर्क तथा सूचना निर्देशनालयले प्रेस नोटमा भनेको छ ।हिमाल सफाइ अभियान २२ गतेसम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology