गोरखा ११ फागुन । बिहेको प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बुधबार एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको शहिदलखन गाउँपालिका– ८ घर भएका १८ बर्षका प्रकाश परियारलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेका परियारले एक चौध बर्षकी किशोरीलाई बिहे गर्ने प्रलोभन देखाई गएको माघ २९ गतेदेखि पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको उहाँले बताउनुभयो । उनीमाथी जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।