एजेन्सी। भारत नियन्त्रण जम्भु काश्मिरमा भएको बस दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा परि अन्य ५ जना घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यात्रुबाहक बस भिरबाट खोंचमा झरेको स्थानीय प्रहरीले जनाएको छ । घाइते तथा मृत्यु भएका मध्ये केही महिला र बालबालिका रहेका छन् ।
दुर्घटना भएको सवारी साधनमा १४ जना यात्रु रहेका थिए भने सवारी साधन तिव्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
चालकले नियन्त्रण गुमाएर दुर्घटना भएको बताइएको छ । एजेन्सी