काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले नेकपा (एमाले) सर्वोच्चको आदेशबाट जन्मिएको पार्टी भएको बताएको छ।
आइतबार सार्वजनिक गरेको कांग्रेसको स्थानीय निर्वाचन २०७९ को घोषणा पत्रमा एमाले सर्वोच्चबाट आदेशबाट जन्मिएको उल्लेख छ।
काँग्रेसको सङ्कल्प पुस्तिकामा भनिएको छ, ‘सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भनी नेकपा एमालेको वैधानिक हैसियतमाथि कसैले प्रश्न उठायो भने ओलीले के जवाफ दिनु होला रु’
वर्तमान सरकारलाई एमालेले ‘परमादेशको सरकार’ भन्दै आएको सन्दर्भमा काँग्रेसले एमालेमाथि यस्तो टिप्पणी गरेको हो । ‘संवैधानिक सर्वोच्चता, सर्वोच्च अदालत र विधिको शासनमा विश्वास छ भने प्रधानमन्त्रीसमेत भइसकेका ओलीले त्यस्तो तुच्छ टिप्पणी गर्नु शोभनीय होइन,’ सङ्कल्प पुस्तिकामा भनिएको छ ।