Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पूर्वमाओवादीहरु मूल घरमै फर्किने अभियान सुरु : प्रचण्ड


3.2K
Shares

पूर्वमाओवादीहरु मूल घरमै फर्किने अभियान सुरु : प्रचण्ड

काठमाडौं, ९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी समूहहरुबीच ध्रुवीकरण सुरु भएको दाबी गरेका छन्।

शुक्रबार कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वमाओवादीहरु मूल घरमै फर्किने अभियान सुरु भएको जिकिर गर्नु भएको छ । ‘फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र उत्साहपूर्ण ध्रुवीकरण सुरु भएको छ,’ उहाँले भन्नु भयो, ‘दिन दिनैजसो सयौं संख्यात्मक मात्रै होइन, हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रको मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै ठूलो प्रक्रिया सुरु भएको छ। यो क्रम पूर्वदेखि पश्चिमसम्म व्यापक रुपमा अगाडि बढेको छ ।’

प्रचण्डले विभाजित भएको पूर्वमाओवादी समूहमा विभाजनको औचित्य पुष्टि गर्न नसकिएको बारे बहस सुरु भएको समेत बताउनु भयो। अध्यक्ष प्रचण्डले आफूहरुका लागि फेरि एक चोटी अवसर आएको भन्दै सम्पूर्ण माओवादी समूहलाई गाली नगरी एकतामा आउन आग्रहसमेत गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology