Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


3.2K
Shares

गोरखाका ११ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

गोरखा, ९ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा तयारी तीव्र बनाइएको छ । चुनावको मिति नजिकिएसँगै जिल्लाका ११ ओटै स्थानीय तहमा बिहिबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्ला सदरमुकाम रहेको गोरखा नगरपालिकामा गोरखा जिल्ला अदालतका न्यायाधिश समेत रहनु भएका मुख्य निर्वाचन अधिकृत दिनबन्धु बरालले आज कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यालयहरुले निर्वाचन आयोगले तोकेको तालिका अनुसार कार्यसम्पादन गर्ने बताइएको छ । जसमा बैशाख ११ र १२ गते मनोनयन दर्ताको तालिका रहेको मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिनु भयो ।

त्यस्तै १२ गते नै मनोनयन दर्ता गराएका उम्मेदवारहरुको सूची प्रकाशन गरिने उहाँको भनाई छ । १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ मनोनयनपत्र जाँच गर्ने र उम्मेदवारको विरुद्ध परेका उजुरी माथी छानविन गरी निर्णय गर्ने तालिका रहेको अधिकृत बरालले बताउनु भयो । बैशाख १५ गते मनोनयन भएका उम्मेदवारहरुको नामावली प्रकाशित गर्ने र १६ गते उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका रहेको छ । यसै गरी १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने तथा बैशाख ३० गते मतदान हुने उहाँले बताउनु भयो ।

यस्तै जिल्लाको ११ वटै स्थानिय तहमा निर्वाचन अधिकृत समेत खटाइएको छ । जसमा पालुङटार नगरपालिकामा गोकर्णराज पन्त, सिरानचोक गाउँपालिकामा डोलनाथ न्यौपाने, धार्चे गाउँपालिकामा निराज कुमार खत्री र चुमनुब्री गाउँपालिकामा नानीबाबु पोखरेललाई निर्वाचन अधिकृतका रुपमा खटाइएको छ । त्यस्तै गण्डकीमा बासुदेव रेग्मी, बारपाक सुलिकोटमा शेषकान्त पौडेल, शहिद लखन गाउँपालिकामा जिवन प्रसाद आचार्य, अजिरकोटमा कमल राज भण्डारी, आरुघाटमा श्रीधर पौडेल र भिमसेन थापा गाउँपालिकामा खिमानन्द गौतमलाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology