Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

निर्वाचन आयोगले दियो मतपत्र ढुवानी सुरक्षाको जिम्मा नेपाली सेनालाई


2.4K
Shares

निर्वाचन आयोगले दियो मतपत्र ढुवानी सुरक्षाको जिम्मा नेपाली सेनालाई

काठमाडौं, ८ वैशाख । देशभर पठाउने मतपत्र ढुवानीमा नेपाली सेनाले सुरक्षा दिने भएको छ । निर्वाचन आयोगका अनुसार मतपत्र ढुवानी सुरक्षाको जिम्मा भने सेनालाई दिइएको छ । अरु निर्वाचन सामग्रीको भने गृह मन्त्रालयसँगको समन्वयमा नेपाल प्रहरीको स्थानीय युनिटले स्कर्टिङ र सुरक्षा प्रदान गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो ।

उहाँका अनुसार मतपत्र र अरु निर्वाचन सामग्री ढुवानीका क्रममा कहाँ पुग्यो भनेर आयोगले जीपीएसबाट लोकेसन ट्रयाकिङ गर्ने व्यवस्था गरेको छ । देशका ७७ जिल्लामा मतपत्र र अरु निर्वाचन सामग्री सडक मार्गबाटै लैजाने र सडक पुग्न बाँकी डोल्पा र मुगुमा भने हवाई मार्गबाट लैजाने प्रवक्ता पौडेलले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology