Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु


2.2K
Shares

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ । महानगर र उपमहानगरमा सिट बाँडफाँड मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर अहिले ३ बजेदेखि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनु भयो

। गठबन्धन दलका नेताहरुका अनुसार नेपाली काँग्रेसले समय मागेकाले बैठक सारिएको थियो । सोमबार दुई पटक बसेको गठबन्धन बैठकमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दावी नछोडेपछि सहमति हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology