काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३० नै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । उहाँले निर्वाचनको मिति नसर्ने बताउनु भएको हो ।
मिडियामा निर्वाचन सर्नेबारे आएका समाचार अनुमानका भरमा आएको प्रचण्डको दाबी गर्नु भएको छ । पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले निर्वाचन सार्ने सत्तारूढ दलहरूको कुनै मनशाय नभएकाले गठबन्धन दलहरू निर्वाचन तयारीमा केन्द्रित रहेको जानकारी दिनु भएको छ । उहाँले ६ महानगर र ११ उपमहानगरमा आज बेलुकीसम्म भागबन्डा टुंगिने पनि बताउनु भएको छ । निर्वाचन नसर्ने भएकोले तयारीमा जुट्न उहाँले आग्रह गर्नु भएको थियो।