Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

राप्रपा गोरखा नगरपालिका वडा नं. ३ को अध्यक्षमा क्षेत्री सर्बसम्मत उम्मेद्बार


4.7K
Shares

राप्रपा गोरखा नगरपालिका वडा नं. ३ को अध्यक्षमा क्षेत्री सर्बसम्मत उम्मेद्बार

गोरखा, ४ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले गोरखा नगरपालिका वडा नं. ३ को वडाध्यक्षमा प्रभु थापा क्षेत्रीलाई सर्बसम्मत उम्मेद्बार उठाउने निर्णय गरेको छ । आज राप्रपा गोरखा नगर समितिको आयोजनामा वडा नं. ३ देउरालीको हरियाली पार्कमा सम्पन्न भेलाले क्षेत्रीलाई सर्बसम्मत वडाध्यक्षमा उठाउने निर्णय गरेको हो ।

भेलामा राप्रपाका जिल्ला उपाध्यक्ष भिषण अर्याल , प्रबक्ता ठाकुर लामिछाने ,जिल्ला सहसचिव अर्जुन बस्नेत , नगर अध्यक्ष रुद्रराज पाण्डे , जिससका सदस्य अरिराम अधिकारी , अबिनाश कोइला , नगर उपाध्यक्ष सम्झाना लामिछाने लगायतले मन्तव्य राख्नु भएको थियो । वडाध्यक्ष चेत बहादुर बोगटीको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology