काठमाडौं, ४ बैशाख । पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो।
३ हजार ४८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। दुई हजार ४५० जनाको पिसिआर र ७ सय ३९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ३७५ जना सक्रिय संक्रमित छन् ।
आइतबार ३६ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।