Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

प्रधानमन्त्री ओलीको ६९ औ जन्मदिन झापामा सहजकताका लागि घर नजिकै हेलिप्याड निर्माण


3.2K
Shares

प्रधानमन्त्री ओलीको ६९ औ जन्मदिन झापामा सहजकताका लागि घर नजिकै हेलिप्याड निर्माण

 

११ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६९ औं जन्मदिन मनाउन जन्मथलो झापा आउने हुनु भएको छ । जन्मदिन मनाउन गाउ आउने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुन उर्दि जारी गरेको छ ।

प्रधानमन्त्री ओलीको जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ) मा पर्दछ । प्रधानमन्त्री ओलीको जन्म घरमा ओलीका भाइ कृष्णप्रसाद बस्दै आएका छन् ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उहाकै जन्मघरमा आयोजना गरिएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुंगेसाँघुसम्म पुग्ने सडकको शिलान्यास र आठराईमा नेपाल बैंकको शाखा कार्यालय उदघाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रधानमन्त्री ओलीले ६९ औं जन्म दिन जन्मथलोमै मनाउने इच्छा व्यक्त गर्नु भएको थियो । प्रधानमन्त्रीको सहजताका लागि जन्मघर नजिकै हेलिप्याडसमेत निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology