काठमाडौं,१ वैशाख। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेताहरुले बिहीबार नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नु भएको छ ।
नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला बिहीबार बिहान खुमलटार पुग्नु भएर अध्यक्ष प्रचण्डसँग भेट गर्नु भएको हो । चुनावको पक्षमा रहेका विप्लव र खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको भोलिपल्ट उहाँहरुले प्रचण्डलाई भेट्नु भएको हो ।