Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश


2.6K
Shares

जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादीमा प्रवेश

काठमाडौं, २९ चैत । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवं पहिलो संविधान सभा सदस्य कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच चौधरीलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा प्रवेश गराउनु भएको हो ।

माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टको पहलमा चौधरीसहितका नेता कार्यकर्ताले जसपा त्यागेका हुन् । जसपा नीति र विचार ठिक नलागेको भन्दै माओवादी प्रवेश गरेको चौधरीले बताउनु भएको छ । यस्तै बुद्धिराज नाछिरिङ ‘दुर्लभ जन्ते’ पनि एमाले परित्याग गरेर माओवादी प्रवेश गर्नु भएको हो । ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology