Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गण्डकी गाउँपालिकामा माओबादीको ४९९ सदस्सीय निर्वाचन परिचालन समिति


1.4K
Shares

गण्डकी गाउँपालिकामा माओबादीको ४९९ सदस्सीय निर्वाचन परिचालन समिति

गोरखा २५, चैत ।  नेकपा माओबादी केन्द्रले गण्डकी गाउँपालिकामा ४९९ सदस्सीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुट्टारमा बसेको गाउँपार्टी समितिको बिस्तारित बैठकले पार्टीका प्रदेश समितिका सदस्य तथा गाउँपार्टीका समितिका इन्चार्ज दिपक तिमेल्सिना (साकार) को नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो ।

त्यस्तै बैठकले पार्टी नेता तुलसी रेग्मीको संयोजकत्वमा प्रचार समिति गठन गरेको छ । निर्वाचनका लागि पालिका भित्रका प्रत्येक बुथमा कार्यकर्ता केन्द्रित गर्ने उद्देस्यका साथ एक बुथ, सय युथको अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको सो पार्टीले जनाएको छ । त्यस्तै निर्वाचनका बेला पार्टीका तर्फबाट घोषणा पत्र निर्माण गर्न इन्जार्ज तिमेल्सिनाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति समेत गठन गरेको छ ।

बैठकले पालिका स्तरीय आर्थिक समिति लगायतका अन्य बिभिन्न समिति गठन गर्दै पार्टीका जनवर्गिय संगठन, भातृसंगठन तथा जातिय मोर्चाहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय समेत गरेको जनाएको छ ।

बैठकलाई सम्बोधन गर्नुहुदै पार्टीका केन्द्रीय सदस्य अमर तमुले गण्डकी गाउँपालिकामा बनेको सांगठनिक अबस्थाबाट अघिल्लो निर्वाचनमा भएका कमीकमजोरीलाई सच्याएर जीतको नतिजा निकाल्न पालिका पार्टी समिति आतुर देखिएको बताउनुभयो । बैठक नेकपा गाउँपार्टी समितिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology